मन्त्री बन्ने सुचिमा परेका चर्चित युवा दलित अभियान्ता खगेन्द्र सुुनार बिरुद्ध गलत समाचार प्रकासन गरेका थुप्रै संचार माध्यामले माफि मागेका छन् । देशकै प्रतिष्ठित मिडिया हाउस अनलाईन खबरले पनि गलत समाचार प्रकाशन भएको भन्दै माफि मागेको छ ।
कात्तिक ९ गते श्रम तथा रोजगार मन्त्रिमा सिफारिस भई मन्त्रीको सुचिमा परेका खगेन्द्र सुनार बिरुद्ध केहि संचार माध्यामले गलत समाचार लेखेका थिए । गलत समाचार लेखेकै कारण उनको सपथ रोकिएको थियो । सुनारले आफू बिरुद्ध नियोजित रुपमै केहि मिडियाले गलत समाचार लेखेर बदनाम गरेको भन्दै प्रमाण सहित मिडियामा बोले पछि धेरै संचार माध्यामले गल्ति स्विकार गर्दै माफी मागेका छन् ।
अनलाईन खबरले ९ गते “बहु बिबाहमा पनि मुछिएका थिए खगेन्द्र सुनार” भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो । चौतर्फि आलोचना भए पछि ११ गते “क्षमायाचना सहित भूल सूधार भन्ने ” शिर्षकमा माफी मागेर समाचार प्रकाशन गरेको छ ।
सुनारले आफू बिरुद्ध केही पार्टी नजिकका संचार माध्यामले मन्त्री हुन नदिन कै लागि गलत समाचार लेखेर बद्नाम गरेको भन्दै आक्रोष पोखेका थिए । आफू बिरुद्धका लेखिएका कुनै पनि समाचार सत्य नभएको पनि बताउँनु भएको छ । मैले गलत काम गर्दै आएका पार्टीहरुको बिरोध गरेकै कारण मेरो चरित्र हत्या गर्ने कोसिस गरेको आरोप सुनारले लगाउँनु भयो ।
दलितको छोरो मन्त्री हुन लाग्यो भनेरै यो मिडिया ट्रायल गरिएको हो , सुनारले भन्नु भयो । यो देशमा दलित माथि गएको हेर्न नचाहने धेरै भएको पनि बताउँनु भयो । संचार माध्याममा बोल्दै सुनारले भन्नुु भयो– म बिरुद्ध जति पनि मुद्धा परेका भनेका छन् ति सबै समुदायको पक्षमा आवाज उठाउँदा केही व्यक्तिले प्रतिशोध साधेर हालेका हुन । तर अदालतले मलाई सामान्य तारिखमा छोडेको छ । म अपराधी हैन ।
संचार माध्याममा आएका सबै समाचार गलत भएको प्रमाणित भए पछि के अब खगेन्द्र सुनार पून मन्त्री बन्न सक्छन त ? यो भने हेर्न बाकी नै छ ।



