voiceofdalit

Home / NEWS / मन्त्री बन्न लागेका खगेन्द्र सुनार बिरुद्ध गलत समाचार प्रसारण ।

मन्त्री बन्न लागेका खगेन्द्र सुनार बिरुद्ध गलत समाचार प्रसारण ।


जिल्ला अदालत सुर्खेतले साधारण तारेखमा छोडेको घटनालाई गतल प्रचार गरियो ।

काठमाडौँ । अन्तरिम सरकारमा श्रम तथा रोजगार मन्त्रि बन्न लागेका दलित अभियान्ता खगेन्द्र सुनार बिरुद्ध गलत समाचार प्रसारण भएको पाईएको छ । विभिन्न समाचार माध्याममा उनि बिरुद्ध पक्राउ पुर्जि जारि भएको र फरार रहेको भनिएको समाचार गतल भएको पाईएको छ । जिल्ला अदालत स्रोतले उनि साधारण तारेखमा छुटेको बताएको छ ।
दैलेखको नारायण नगरपालिका–२ भैसेखोरका खगेन्द्र सुनारविरुद्ध २)८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको पाइएको छ । स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । उनी आपैm २०८१ चैत १२ गते जिल्ला अदालत उपस्थि भई साधारण तारेखमा छुटेको जिल्ला अदालत स्रोतले जानकारी दिएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका(८ स्थित मेहेलकुना अस्पताल प्रमुख डा। सोजन सापकोटामाथि हातपात र अस्पताल भवनमा तोडफोड गरिएको आरोप उनि माथि लागेको थियो ।
लामो समय देखी दलित समुदायको हक र हितमा आवाज उठाउँदै आएका सुनार शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्रि बन्न लागेको चर्चा चलेको थियो । चर्चा चले सँगै सुनार बिरुद्ध मिडिया ट्रायल सुरु भएको थियो । उनका बिरुद्ध राष्ट्रिय मिडियाले नै गलत समाचार लेखेको पाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *