voiceofdalit

Home / NEWS / प्रभु साहकाे प्रश्न–दुई तिहाइको सरकारले उद्योग चलाउनै नसकेर व्यक्तिलाई दिन लागेको हो ?

प्रभु साहकाे प्रश्न–दुई तिहाइको सरकारले उद्योग चलाउनै नसकेर व्यक्तिलाई दिन लागेको हो ?

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले दुई तिहाइको बलियो सरकारले उद्योग चलाउन नसकेर व्यक्तिलाई बुझाउन लागेको बताएका  छन्।

सरकारले संसदमा पेश गरेको प्रतिस्थापन विधेयकमाथि विरोधको सुचना दिँदै बुधबार साहले भने, ‘के सरकार नसक्ने भइसक्यो ? हामी के हेर्छौंं भने व्यक्तिभन्दा संस्था बलियो हुन्छ, समूह बलियो हुन्छ । सरकार झन् बलियो हुन्छ। तर सरकारले नसकेर व्यक्तिले सक्ने योभन्दा हाँस्यास्पद के हुन्छ ?’

सरकारको मातहतमा संचालित विमान, रेल र बस सबै घाटामा रहेको उल्लेख गर्दै उनले भने, ‘यो विधेयक पारित गरेपछि सरकार त्यो ठाउँमा बस्न मिल्छ ?’

दुई तिहाइको बलियो सरकार आएपछि उद्योग व्यापारलगायतमा घाटा नहुने अपेक्षा गरेपनि त्यस अनुरुपको नतिजा नआएकोमा उनले प्रश्न गरे। उनले भने, ‘अहिले त दुई तिहाइको सरकार भनिराख्नुभएको छ तपाइँहरु । दुई तिहाइको सरकारले उद्योग चलाउन नसक्ने भइसक्यो ? दुई तिहाइको सरकारले अब व्यापार अघि बढाउ नै नसक्ने भइसक्यो ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *