अछाम, असोज ११ ।
न्याय, मुक्ति र आत्मसम्मानलाई मुख्य एजेन्डा बनाउँदै सञ्चालन भइरहेको ‘दलितका लागि दलित अभियान, नेपाल’ ले अछाममा जिल्ला समिति गठन गर्ने भएको छ।
अभियानका अनुसार, अछाम जिल्लास्तरीय समिति गठनका लागि यही असोज ११ गते मंगलसेनमा बिहान १०:०० बजे विशेष कार्यक्रम आयोजना हुने भएको हो। कार्यक्रममा जिल्लामा रहेका दलित समुदायलाई अभियानमा आवद्ध हुन आह्वान गरिएको छ।
संयोजक मिलन नेपालीले जिल्लाभित्र दलित समुदायको हकहित र अधिकारका लागि अभियानलाई सशक्त रुपमा अघि बढाउने जानकारी दिएका छन्। उनले इच्छुक अछामवासीलाई कार्यक्रममा सहभागी भई समिति गठनमा योगदान पुर्याउन आग्रह गरेका छन्।
दलितका लागि दलित ‘आफ्नो लागि आफैँ’ भन्ने मूल नाराका साथ अघि बढाइएको यस अभियानले देशव्यापी रूपमा जिल्ला समिति गठन गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।
सम्पर्कका लागि संयोजक मिलन नेपालीले ९८६–६०६९७५४ नम्बर उपलब्ध गराएका छन्